असोज ४, सोलुखुम्बु । आज देशका हिमाली र पहाडी भू भागमा साधारणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङ सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। देशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आइतबार राति देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भ-(भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ।











Discussion about this post