जेठ ११, सोलुखुम्बु । खोटाङको रावाबेसी गाउँपालिकामा यो वर्ष ९ सय बोट लिची रोप्ने योजना रहेको बताइएको छ । गाउँपालिकाको नर्सरीमा उत्पादन गरिएका १४ सय ५० बोट लिचिका विरुवा मध्ये ९ सय बोट लिची गाउँपालिकामै रोपिने जनाइएको हो । लिची उत्पादनको मनग्य सम्भावना रहेको गाउँपालिकामा लिभि उत्पादनबाट किसानलाई आत्मनिर्भर बनाउदै आन्तरीक आय दर्विलो बनाउने उदेश्य सहित ९ सय लिचिका बोट यो वर्ष गाउँपालिकामा वितरण गरिने गाउँपालिका अध्यक्ष फट्टिक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले आगमी वर्षमा गाउँपालिकामा रोप्ने गरि १ हजार ५ सय को हाराहारीमा हाल सम्म कलमी काटि सकीएको र अझै ४ सय बोट कलमी थपेर २ हजार पु¥याउने पनि बताउनुभएको छ । पालिकाका सबै वडाहरुमा लिची उत्पादनको प¥याप्त संभावना भएपनि वडा नम्बर १ कुभिण्डो र २ खार्पा लिची उत्पादनका लागी प्रख्यात पालिका हरु हुन । गाउँपालिकाले उत्पादन गरेका लिचिका कलमी गाउँपालिकाका किसानलाई प्रतिगोटा १ सय रुपैयाँका दरले विरुवा वितरण गरिने र बाहिर खपत हुने विरुवा प्रतिगोटा २ सय रुपैयाँका दरले बिक्री गरि गाउँपालिकाको आन्तरिक आम्दानी समेत बढाइने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
कृषि विज्ञहरु मार्फत कलमी काटिएकाले लिचिका बोटहरु सप्रने र उत्पादन पनि दिने उहाँको भनाई छ । यस्तै गाउँपालिकाले कागतीको १६ सय कलमी र एभोकाडोको १ सय ५० को हाराहारीमा विरुवा उत्पादन गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । अहिले पनि गाउँपालिकामा वार्षिक ५० हजार केजी बढी उत्पादन हुने जनाइएको छ ।
Discussion about this post