Wednesday, April 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङका राईको हत्यामा संलग्न रोल्पाका बुढा पक्राउ

Radio Everest by Radio Everest
March 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १३, सोलुखुम्बु । भक्तपुर मध्यपुरथिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङस्थलमा यही चैत १० गते एक जनाकोे हत्या गरेको अभियोगमा आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खोटाङ कोपिलासगढी गाउँपालिका–२ घर भई हाल बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राईको हत्या अभियोगमा रोल्पा परिवर्तन गाउँपालिका–६ घरभई हाल बोडे बस्ने ५७ वर्षीय हिमाल बुढा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

साँझ सुत्न जाने बेलामा बुढामगरको साथमा रहेको १०० रुपैयाँ राईले खोसर लिएको र फिर्ता माग्दा नदिएपछि आवेशमा आएर राईलाई भुईमा लडाएर ढुङ्गाले पटकपटक हानेर हत्या गरेको बयानको क्रममा खुलेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । घटनामा संलग्न रहेका मगरलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको उहाँको भनाई छ ।

यसैगरी, गत फागुन २७ गते साँझ मध्यपुरथिमि नगरपालिका–२ सानोथिमि मगरगाँउ जाने राधाकृष्ण सडकखण्डमा ३२ वर्षीय लक्ष्मण खड्काको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । सडकमा घाइते अवस्थामा भेटिएका खड्काको कुटपिटबाट मृत्यु भएको जानकारी चिकित्सकले बताएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो ।

उनको हत्यामा संलग्न रहेको अभियोगमा सर्लाही लालबन्दी नगरपालिका–९ का ३९ वर्षीय यादव पौडेल र सिन्धुली तीनपाटन गाउँपालिका–३ चकमके घर भएको २४ वर्षीय अनिश तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुमतिमा म्याद थप गरी घटनाका थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Previous Post

कोशी प्रदेश सहित तीन वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

Next Post

सोलुखुम्बुमा ‘सोलुखुम्बु डेण्टल क्लिनिक’सञ्चालनमा : सिडियोले गरे उद्घाटन : यस्ता छन् नयाँ प्रविधि

Related Posts

विश्व पृथ्वी दिवस ः ९ बुदेँ गोक्यो घोषणापत्र जारी गर्दै जलवायु सम्मेलन सम्पन्न

विश्व पृथ्वी दिवस ः ९ बुदेँ गोक्यो घोषणापत्र जारी गर्दै जलवायु सम्मेलन सम्पन्न

April 22, 2026
0
सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

April 21, 2026
0
 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

April 21, 2026
0
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

Discussion about this post

Everest Highlights

रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

April 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विश्व पृथ्वी दिवस ः ९ बुदेँ गोक्यो घोषणापत्र जारी गर्दै जलवायु सम्मेलन सम्पन्न

विश्व पृथ्वी दिवस ः ९ बुदेँ गोक्यो घोषणापत्र जारी गर्दै जलवायु सम्मेलन सम्पन्न

April 22, 2026
सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

सोलुखुम्बुमा बजाजको एक्चेन्ज मेला भोलीबाट, शुन्य प्रतिशत व्याजमा बाइकको इएमआइ सुविधा

April 21, 2026
 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

 खोरियामा १ महिने कुक तालिम दिइने, बुधबार उद्‌घाटन 

April 21, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly