जेठ ११, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा लघु जलविद्युतको मेसिनमा समस्या आउदा नागरिकहरु मर्कामा परेका छन् । वडा नम्बर ४ मा सञ्चालित ७६ मेगावार्टको लघु जलविद्युत छिनछिनमा अबरुद्ध हुदाँ पालिकाबासीहरुले सास्ती खेप्नु परेकोे गुनासो गरेका हुन् ।
हाल पालिकामा विद्युतबाट हुने दैनिक कामकाजहरु पनि प्रभावित भएको सोताङ गाउँपालिका वडा नम्बर १ का सेवाग्राही लक्ष्मण लामिछानेले बताउनुभएको छ । यस्तै रातीको समयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई समेत लेख्न पढ्न समस्या हुने गरेको छ । करिब एक हप्ता देखि विद्युतमा समस्या आउन थालेको सोताङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष जङबहादुर गुरुङले बताउनुभएको छ ।
यसको समाधानका लागि आफुले सक्दो पहल गरिहरेको भन्दै केही समय अवरुद्ध भएमा सम्बन्धित निकायसँग सामूहिक छलफल गर्ने उहाँको भनाई छ । यता लघु जलविद्युत आयोजनाका अध्यक्ष विर कुमार राईले चाडै दक्ष प्राविधीक ल्याई मेसिनमा आएको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
Discussion about this post