जेठ १२, सोलुखुम्बु । खोटाङमा समाधिस्थलबाट शव उत्खनन गरि पोस्टमार्टमका लागी पठाइएको छ । जिल्लाको साकेला गाउँपालिका वडा नम्बर २ रतन्छा मवुका ७१ वर्षिय कृष्ण कुमार राईको शव शुक्रबार समाधिस्थलबा उत्खन्नका गरि पोस्टमार्टमका लागी जिल्ला अस्पताल दिक्तेल पठाइएको हो ।
गत जेष्ठ ७ गते बिहान अन्दाजी १० बजे आफनै घरमा सुतिरहेको अवस्थामा मृत्यु फेला परेका भनिएका राईको मृत्यु संकास्पद भएको भनि प्रहरीलाई जानकारी आएपछि पोस्टमार्टम गरि अनुसन्धान सुरु गरिएको हो । राईको मृत्यु शंकास्पद भएको भनेर शुक्रबार बिहान ६ः३० बजे टेलिफोनबाट प्रहरीलाई जानकारी आएको थियो । जानकारी पश्चात घट्नास्थल पुगेको प्रहरीले स्थानीय तथा मलामी गएका व्यक्तिहरुसँग सोधपुछ गर्दा मृतकको माइलो छोरा टिकाराम राईले गाउँ छिमेकलाई जानकारी गराई दाहसंस्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।
सूचना पाए लगत्तै खोटाङका डिएसपी पुरुषोत्तम खड्का घट्नास्थलमा पुगी घट्नाको थप अनुसन्धान गरी गाडिएको शवलाई उत्खनन गरेर शवलाई जिल्ला अस्पताल ल्याई पोष्टमार्टम गरिएको प्रहरी निरीक्षक कार्कीले बताए । घट्नाको प्रारम्भिक अनुसन्धानको क्रममा मृतक राईलाई निजकै माईलो छोरा ४२ वर्षीय टिकारामले सामान्य विवादको क्रममा कुटपिट गर्दा मृत्यु भएको खुलेको डिएसपी खडकाले बताए ।
घट्नाको सम्बन्धमा मृतकका कान्छा छोरा ४१ वर्षीय नविन कुमार राईले निजकै माईलो दाई टिकारामको कुटपिटबाट बुवाको मृत्यु भएको र मृत्युको विषयमा दाजुभाईमा स्पष्ट खबर समेत नगरेको भनि शुक्रबार (आज) प्रहरीमा किटानी जाहेरी दिएका थिए । मृतकका माईलो छोरा टिकारामलाई बिहीबार घरैबाट पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको छ ।
Discussion about this post