जेठ १२, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकप्टर मार्फत गरि काठमाण्डौ लगिएको । शनिबार थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर २ की २७ वर्षिय आस्था बस्नेतलाई आज विहान हेलिकप्टर मार्फत उद्धार गरि काठमाण्डौ कान्तीबाल अस्पताल लगिएको हो ।
आस्थाले शुक्रबार विहान ७ बजे नवजात शिशुलाई मिसन अस्पताल ओखलढुङ्गामा जन्मदिएकी भएपनि शिशुको स्वास्थ्य अवस्था जटिल बन्दै जाँदा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएकाले उनलाई राष्ट्रपति महिला उद्धार कार्यक्रम मार्फत उद्धार गरि काठमाण्डौ पठाइएको हो । उनको उद्धारका लागी थुलुङ दूधकोशी गाउँपालिका सोलुखुम्बु र जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले पहल गरेर हेलिकप्टर झिकाइएको हो ।
उद्धार गरेर काठमाण्डौ पठाइ दिएपछि सुत्केरीका पति सूर्यबहादुर बस्नेतले धन्यवाद व्यक्त गरेका छन । ग्रामिण भेगका महिलाहरुको उद्धार र उपचारका लागी सुरु भएको राष्ट्रपति महिला उद्धार कार्यक्रमले सोलुखुम्बु सहित देशभरका पालिकामा सेवा दिदै आएको छ । राष्ट्रपति महिला उद्वार कार्यक्रमले ग्रामीण क्षेत्रका सुत्केरी महिलाको ज्यान बचाउन ठूलो मद्दत गर्ने गरेको थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले बताउनुभएको छ ।
Discussion about this post