चैत्र १४, सोलुखुम्बु । रामेछापको रामेछाप विमानस्थलबाट लुक्लाका लागि उडेको समिट एअरको जहाजमा प्राविधिक समस्या आएको छ । आई एन ए के जेड कल साइनको समिट एअरको जहाजमा बिहान उड्नेबित्तिकै प्राविधिक समस्या देखिएपछि पुनः रामेछाप विमानस्थलमा नै अवतरण गराइएको छ ।
जहाजमा १५ जना यात्रु थिए । धावनमार्गबाट उचाइ लिने क्रममा जहाजको इन्डिकेटरमा समस्या देखिएको र चालकले तत्काल विमानस्थलमा नै फर्काएर अवतरण गराएको रामेछाप नागरिक उडड्यन कार्यालयका प्रमुख हिरण शाहले जानकारी दिनुभयो ।
Discussion about this post