Friday, April 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

  मन्त्री राईबाट एकैदिन २ वडा भवन शिलान्यास 

Radio Everest by Radio Everest
March 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

खोटाङ, चैत्र १४ गते । खोटाङको केपिलासगढी गाउँपालिकामा एकैदिन २ वटा वडा कार्यालय भवन शिलान्यास गरिएको छ ।  कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले केपिलासगढी गाउँपालिकाको २ वटा वडाको प्रशासनिक भवन उद्‌घाटन गर्नुभएको हो । उहाँले गाउँपालिकाको वडा नम्बर ४ बाक्सिला बजार र वडा नम्बर २ खार्तम्छाकाे प्रशासनिक भवन शिलान्यास गर्नुभएको छ ।  

प्रशासनिक भवन उद्‌घाटन गर्दै मन्त्री राइले अव खोटाङ विकासमा पछि पर्न नहुने भन्दै उहाँले आफूले प्रतिबद्धता गरेर गएको सम्पूर्ण कामहरू सम्पन्न गर्नेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।  मन्त्री राईले जिल्लामा धेरै नेताहरूले जनताको भोट खेर फलेको दावी गर्दै सँधै एउटै मुद्दाले चुनाव जित्छु भन्ने भ्रम नपाल्न पनि अनुरोध गर्नुभयो ।  कार्यक्रममा गाउँपालिका अध्यक्ष समिर राईले केपिलासगढी गाउँपालिकाका सबै वडाको प्रशासनिक भवन निर्माण गर्न आफू निर्वाचित भए देखीनै प्रयास गरेको भएपनि अहिले आएर प्रयास सफल भइरहेको उल्लेख गर्नुभयो । उहाँले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट गाउँपालिकामा केही महत्वपूर्ण विकासे कामहरू भइरहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।  

उहाँले केपिलासगढी गाउँपालिका प्रवेश गर्ने एउटा बाटो कालोपत्रकाे सुरुवात मन्त्री राईको कार्यकालमा हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले गर्न सक्ने विकासका काम गाउँपालिकाले गर्नेमा नागरिकलाई विश्वस्त रहन आग्रह गर्दै गाउँपालिकाको पहुँचभन्दा बाहिर रहेका विकास निर्माणका काममा प्रदेश सरकारसँग समन्वय गर्ने बताउनुभयो ।  कार्यक्रममा पूर्व मन्त्री राजन राई, गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राई लगायत नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता एवं स्थानीय सरोकारवाला जनताको उपस्थिति रहेको थियो ।

 शिलान्यास कार्यक्रम सम्बन्धित वडाका अध्यक्षहरूका सभाध्यक्षतामा भएको थियो ।  दुबै वडा कार्यालयका भवन चतुरूप माइला जेभी निर्माण कम्पनीले निर्माणकाे जिम्मा लिएकाे छ । उक्त निर्माण कम्पनीले वडा नम्बर २ काे प्रशासनिक भवन भ्याट सहित ४७ लाख २७ हजार ५ सय ६९ रूपैयामा निर्माण सम्पन्न गर्ने छ भने वडा नम्बर ४ बाक्सिलाकाे भवन ४८ लाख ८१ हजार २० रूपैयाँकाे लागतमा निर्माण सम्पन्न गर्नेगरी सम्झाैता गरेकाे छ ।  

Previous Post

थामेमा आएको बाढीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक, विपतको जोखिम कायमै

Next Post

राजावादीले आगो लगाएको घरमा जलेर एभिन्युज टिभीका पत्रकारको मृत्यु

Related Posts

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

April 23, 2026
0
पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

April 23, 2026
0
 फाप्लु क्षेत्रको बजार अनुगमन, १६ हजार बढीका सामाग्री जफत 

 फाप्लु क्षेत्रको बजार अनुगमन, १६ हजार बढीका सामाग्री जफत 

April 23, 2026
0
 हर्क साम्पाङबाट यलम्बरको शालीक उद्‌घाटन गर्दै बुइपा

Discussion about this post

Everest Highlights

उदयपुरमा सांसद तामाङको उपस्थितिमा शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम

उदयपुरमा सांसद तामाङको उपस्थितिमा शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम

April 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

April 23, 2026
पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

April 23, 2026
 फाप्लु क्षेत्रको बजार अनुगमन, १६ हजार बढीका सामाग्री जफत 

 फाप्लु क्षेत्रको बजार अनुगमन, १६ हजार बढीका सामाग्री जफत 

April 23, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly