चैत्र १६, सोलुखुम्बु । पूर्वराजाका समर्थकहरुले खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको गाडीमा आगजनी गरेका छन् । चैत १५ गते दिउँसो ४ बजेपछि कोटेश्वरबाट मर्मत गरेर फर्कदै गरेको बा २ झ ४१०० नम्बरको गाडी तोडफोड गरी आगजनी गरिदिएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रवक्ता कमल गिरिले जानकारी दिनुभयो ।
नगरपालिकाले सवारी साधन माथि तोडफोड र आगजनी लगायत अन्य निजि घर र सार्वजनिक सम्पतिमा गरिएको तोडफोडका साथै अपराधिक गतिविधि र हिंसात्मक प्रदर्शन प्रति आपत्ति जनाएको छ ।
यस प्रकारका हिंसात्मक तथा अव्यवस्थित क्रियाकलापले स्थानीय नागरिकको दैनिक जीवनमा प्रभावित भएको साथै सार्वजनिक तथा निजी सम्पत्तिमा ठुलो क्षति पुगेको र त्यस्ता गतिविधि प्रस्तुत गर्ने जो कसैलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही अघि बढाउन सम्बन्धित निकायलाई समन्वय गर्न आग्रह समेत गरेको छ ।
Discussion about this post