चैत्र १७, सोलुखुम्बु । सामाजिक अभियान्ता तथा नागरिक समाजले नेचासल्यान गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । “गाउँपालिकाको वडा नम्बर ३ बिहिबारे बजारमा रहेको सार्वजनिक जग्गा र बजार हुदैँ बग्ने ठाडो हाँडीखोलामा शहरी विकास मन्त्रालय अन्तर्गत खोला व्यवस्थापन गर्न केही रकम विनियोजित भई कार्य संचालन हुन लागेको सुन्नमा आएको हुँदा यथा स्थितिमा निर्माण भएमा सार्वजनिक जग्गा हिमामिना हुन सक्ने यथार्थता बुझि दिर्घकालीन रुपमा असर पर्ने हुँदा पहिले नै बजार भित्रका व्यक्तिगत संरचना र सार्वजनिक जग्गा केही तलमाथि भएको जानकारी गराउदै उक्त सार्वजनिक जग्गालाई योग्य अमिन भिकाई सार्वजनिक माप्दण्ड कायम गराई निष्पक्ष रुपमा बजारको दिर्घकालीन विकासलाई मध्यनजर गरी चाडौ प्रचलित कानुन र ऐन अनुसार कार्यन्वयन गर्नका लागि नागरिक समाजले ध्यानाकर्षण गराएको छ ।” भनेर ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । यता नेचासल्यान गाउँपालिकाकी उपाध्यक्ष विना राईले ध्यानाकर्षण पत्र बुझ्दै पालिकाले जग्गा पासका लागि प्रकृया अगाडी बढाइरहेको बताउनुभएको छ ।
Discussion about this post