चैत्र १८, सोलुखुम्बु । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सोलुखुम्बुको तेस्रो जिल्ला प्रतिनिधि सभा सम्पन्न भएको छ । सोमबार नेपाल शिक्षक संघ जिल्ला कार्य समिति सोलुखुम्बका अध्यक्ष मदन कुमार राईको अध्यक्षता तथा कोशी प्रदेश कार्यसमितिको उप–महासचिव अर्थ लक्ष्मण कार्कीको प्रमुख आतिथ्यतामा जिल्ला प्रतिनिधि सभा सम्पन्न भएको हो ।
कार्यक्रममा एक वर्षको कार्यसमिक्षा, भावी कार्ययोजना निर्माण, नयाँ सदस्यलाई स्वागत र उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानिय कार्यसमितिलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा जिल्लाका ८ वटा स्थानीय तह मध्ये सर्वोत्कृष्ट सोलुदुधकुण्ड नगरपालिका र उत्कृष्टमा नेचासल्यान र सोताङ गाउँपालिकाका स्थानिय कार्यसमिति भएका छन् ।
सम्मानित हुने कार्यसमितिका प्रतिनिधिहरुलाई प्रमाण पत्रले सम्मान गरिएको नेपाल शिक्षक संघ सोलुखुम्बुका सचिव प्रकाश राईले बताउनुभयो । यस्तै नेपाल शिक्षक संघ जिल्ला कार्य समिति सोलुखुम्बका अध्यक्ष मदन कुमार राईले संघमा आबद्ध शिक्षकहरु एकढिक्का बन्नुपर्ने बताउँनुभयो ।उक्त कार्यक्रममा जिल्लाका आठ वटै स्थानीय तहका कार्यसमितिका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post