चैत्र १८, सोलुखुम्बु । धनकुटामा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । शहीदभूमि गाउँपालिका वडा नम्बर ३ सिरवानीका ५३ वर्षीय मन्दिरबहादुर राईको घाँस काट्ने क्रममा रुखबाट लडेर ज्यान गएको हो ।
आफ्नै बारीमा रहेको टाँकीको रुखमा चडेर घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएपछि उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
Discussion about this post