चैत्र १९, सोलुखुम्बु । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
Discussion about this post