चैत्र १९, सोलुखुम्बु । नेपाल शिक्षक संघ प्रदेश कार्य समिति कोशीले कार्य सम्पादनका आधारमा उत्कृष्ट हुने जिल्लालाई सम्मान गरेको छ । विराटनगरमा सम्पन्न भएको प्रदेशको छैठौं प्रतिनिसभा कार्यक्रममा सम्मान गरिएको हो । कार्य सम्पादनका आधारमा उत्कृष्ट हुने जिल्ला सोलुखुम्बुलाई मंगलबार भएको प्रतिनिधि सभाको अवसरमा सोलुखुम्बु जिल्ला शिक्षक संघका अध्यक्ष मदन राईलाई दोसल्ला ओढाएर र प्रमाणपत्रले सम्मान गरिएको हो ।
उक्त सभाका प्रमुख पूर्व मुख्य मन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेशका प्रदेश सभापति माननीय उद्धव थापा लगायत कोशी प्रदेश नेपाल शिक्षक संघका अध्यक्ष तेज प्रसाद चौलागाई लगायत अन्य अतिथिहरुले सोलुखुम्बु जिल्ला अध्यक्षलाई सम्मान गर्नु भएको जिल्ला शिक्षक संघ सोलुखुम्बुका सचिव प्रकाश राईले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरूको प्रतिनिधित्व गर्दै सोलुखुम्बु जिल्लाका अध्यक्ष राईले शुभकामना मन्तब्य राख्नुभएको थियो । सम्मानित अध्यक्ष राईले आगामी दिनमा संघलाई थप सशक्त र चलायमान बनाएर लैजान सम्मानले थप उत्प्रेरणा मिलेको बताउनुभयो ।
यस्तै सोलुखुम्बु जिल्लाको कार्य सम्पादनलाई मूल्यांकन गरी सम्मान गर्नु भयकोमा कोशी प्रदेश कार्य समितिलाई धन्यवाद दिनुभयो । शिक्षकहरु भोलि चैत २० गते देखि शिक्षकहरू काठमाण्डौ केन्द्रित आन्दोलनमा जाने भएका छन् ।
Discussion about this post