चैत्र २२, सोलुखुम्बु । ओखलढुंगा चिशंखुगढी गाउँपालिका वडा नम्बर ८ मा आगलागी हुँदा चार लाख बराबरको क्षति भएको छ । बिहिबार दिउँसो भालुखोप सामुदायिक वनमा लागेको आगो अनियन्त्रित हुदाँ स्थानीय सबिन राईको ढुंङ्गा माटोले बनेको फुसको छानो भएको घर जलेर चार लाख बराबरको क्षति भएको हो ।
आगलागीबाट घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाडाबर्तन लगायतका सामाग्री पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका सुचना अधिकारी विजय कार्कीले बताउनुभयो । उक्त आगलागीबाट मानविय तथा चौपाय क्षती भने नभएको प्रहरीले जनाएको छ ।
Discussion about this post