चैत्र २२, सोलुखुम्बु । दैनिक उपभोग्य वस्तु तथा औषधी पसलहरूमा विगत बर्सहरूमा झैँ यो वर्ष पनि जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमन गरेको छ । गाईघाट बजारमा नियम विपरीत सञ्चालित विभिन्न औषधी पसल तथा फार्मेसीलाई विगत बर्पाहरूमा जस्तै यो वर्ष पनि सचेत गराएर छोडिएको छ ।
व्यवसायीहरूले व्यापार व्यवसाय सञ्चालन गर्दा पालना गर्नुपर्ने ऐन नियमहरू पटक पटक उल्लङ्घन गरे पनि हरेक वर्ष गरिने अनुगमनले सदैभरि पहिलो पटक भन्दै सचेतना गर्दै छोड्दै गर्ने गरिएको गाईघाटका आम उपभोक्ताहरूको आरोप छ । त्यति मात्र हैन औषधी पसलबाट म्याद गुज्रेका सामाग्री बरामद गर्दा समेत सचेत मात्र गराएर छाडिएको भन्दै उपभोक्तहरुले चरम असन्तुष्टि जनाएका छन् ।
अनुमति विना नै सञ्चालित कतिपय फार्मेसीहरूलाई समेत प्रशासनले केही कारबाही नगरी छाडिएकोले कानुन मिचेर व्यवसाय गर्ने हरूको मनोबल बढेको गाईघाट बजारका एक औषधी व्यवसायीले बताएका छन् ।
Discussion about this post