चैत्र २२, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ रनेममा लागेको ढडेलो नियन्त्रण गर्न स्थानीयले गुहार मागेका छन् । आज दिउँसो १ बजेको समयमा रनेम सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिनका लागि स्थानीयबासीहरुले गुहार मागेका हुन् ।
डढेलो लागेको जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी मुक्लीबाट प्रहरीको टोली खटिगई स्थानीयबासीहरुको सक्रियतामा आगो निभाउने कायत्र भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो । आगलागीको कारण नखुलेको साथै तत्कालै गाउँबस्ती भेटाउने सम्भावन नरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post