जेठ १२, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकाेशी गाउँपालिकामा ९० घण्टे विल्डिङ इलेक्ट्रिसियन तालिम सम्पन्न भएको छ । गाउँपालिकाको समन्वय र घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजनामा गाउँपालिकामा ९० घण्टे अर्थात १५ दिने सो सम्बन्धी सिप विकास तालिम सम्पन्न भएको हो ।
यस अघि गाउँपालिकाका विभिन्न वडामा आयोजना गरिएको तालिमको निरन्तरता दिँदै घरेलु तथा साना उद्योग कार्यालयले योपटक गाउँपालिकाको वडा नम्बर ३ मा तालिमको आयोजना गरेको हो । यस पटक गाउँपालिकाको वडा नम्बर ३ का १४ जना युवाहरुले विल्डिङ इलेक्ट्रिसियन सम्बन्धी सिप विकास तालिम लिएका छन ।
यस अघि माघमा गाउँपालिकाको वडा नम्बर ५ र बैशाखमा वडा नम्बर ६ मा यस्तो तालिमको आयोजना गरिएको थियो । तालिमको आयोजना पछि गाउँपालिकामा इलेक्ट्रिसियन सम्बन्धी दक्ष जनशक्तिको अभाव नहुने गाउँपालिकाले जनाएको छ । युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर श्रृजना हुने भएकाले यो तालिम महत्वपुर्ण भएको गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले बताउनुभयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष गौरव राईले यस सम्बन्धी एडभान्स तालिमका लागी पनि घरेलु तथा साना उद्योग कार्यालयसँग सम्झौता भएको बताउनुभएको छ ।
Discussion about this post