चैत्र २५, सोलुखुम्बु । उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ जाँतेमा भलिबल प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समितिको आयोजनामा तथा वडा कार्यालयको सहकार्यमा उक्त प्रतियोगिता हुने भएको हो । भलिबल खेलको विकास र खेलाडी उत्पादनको लक्ष्यसहित चैत्र ३० गते प्रतियोगिता आयोजना गरिएको मिलन परियारले जानकारी दिनुभयो ।
साबिक वडा स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिताका प्रतियोगिहरु प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश : १३ हजार, १० हजार र ७ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने खेलकुद बिकास समिति जाँतेका अध्यक्ष रमनशेर राईले बताउनुभयो । सो कार्यक्रम लिम्चुडबुड गाउँपालिका वडा नम्बर ५ जाँतेको खेल मैदानमा हुने समेत उहाँको भनाई छ ।
Discussion about this post