चैत्र २५, सोलुखुम्बु । सोलुुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ स्थित स्वास्थ्य चौकी टाक्सिन्दबाट ५१ जना नागरिकले स्वास्थ्य सेवा लिएका छन् । सोलुदुधकुण्ड नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा मेडिकल अधिकृत डा. ग्याल्छेन गुरुङ सहितको टोलीद्वारा उक्त सेवा लिएका हुन् ।
जनस्वास्थ्य निरीक्षक सुवास तामाङका अनुसार सेवा लिनेहरुमा महिला ३९ र पुरुष १२ गरी रहेका छन् । शिविरमा पाठेघरको मुखको क्यान्सर स्क्रीनिंग तथा रिंग पेसारी साथै आई यु सि डी/ईन्प्लान्ट स्याटेलाईट सेवा समेत प्रदान गरिएको छ । यस्तै नगरबासीको स्वास्थ्यलाई मध्येनजर गरी नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले स्वास्थ्य सम्बन्धी शिविर हरेक महिना सञ्चालन गरिने जानकारी दिनुभएको छ ।
Discussion about this post