चैत्र २५, सोलुखुम्बु । नेकपा माओवादी केन्द्र नेचासल्यान २ को अध्यक्षमा डिकबहादुर राई चयन हुनुभएकोे छ । सोमबार सम्पन्न भएको वडाको दोस्रो वडा सम्मेलनले राईको अध्यक्षतामा १७ सदस्य कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा सिंग बहादुर राई, महेन्द्र कुमार राई र जन्मे सार्की, सचिवमा बाल कुमार कार्की, सहसचिवमा किशोर कार्की र कोषाध्यक्षमा लक्ष्मी भुजेल चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा सरिता राई, चण्डिका प्रसाद निरौला, मुना राई, मन्जु नेपाली, प्रबिण राई, डिक बहादुर नेवार, निर कुमार राई, किसान बाबु राई चयन हुनु भएको कुसुम प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र आर।सीले जानकारी दिनुभयो ।
Discussion about this post