Tuesday, November 11, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिमपातका कारण रोकियो सगरमाथा आरोहणका लागि बाटो बनाउने काम

Radio Everest by Radio Everest
April 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २६, सोलुखुम्बु । सगरमाथा आरोहणका लागि बाटो बनाउने काम आजका लागि रोकिएको छ । दिउँसो ११ बजेपछि बादल लाग्ने मौसम पूर्वानुमानका कारण बाटो निर्माणको काम रोकेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ । यसअघि हिजो दिउँसो सगरमाथा आधार शिविरमा हिमपात भएको थियो । सगरमाथा आधार शिविरदेखि पहिलो शिविरसम्म र नुप्त्से क्षेत्रको अवस्था बिग्रँदै गएको पनि एसपीसीसीले बताएको छ ।

यी क्षेत्रहरू बारम्बार चट्टान खस्ने र हिमपहिरो गतिविधिका लागि परिचित छन् । दोस्रो शिविरसम्म दुई हजार दुई सय मिटरसम्म बाटो बनाउनुपर्नेमा अहिलेसम्म एक हजार एक सय मिटरसम्मको बाटो बनिसकेको छ । दोस्रो शिविरसम्म बाटो तयार भएपछि पर्वतारोहण सञ्चालक सङ्घले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् डोरी टाँग्ने काम गर्छ । एसपीसीसीले बाटो बनाउन १० जना आइसफल डाक्टरलाई खटाएको छ । वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् ।

अहिले हिमाल आरोहणका लागि अनुमति लिने क्रम चलिरहेको छ । यसैबीच अन्नपूर्ण क्षेत्रमा दुई जना शेर्पा बेपत्ता भएको घटनाप्रति पनि सचेत रहेको एसपीसीसीले बताएको छ । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिमपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा हिजो बिहानदेखि हराइरहेका छन् ।

Previous Post

शिक्षक आन्दोलनलाई अनेरास्ववियू (क्रान्तिकारी) सोलुको समर्थन, आज शिक्षकहरूले दिउँसै बत्ती बालेर सरकार खोजे

Next Post

मोलुङमा जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुले छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमै पढाउनुपर्ने

Related Posts

सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

November 11, 2025
0
सगरमाथा आरोहणका लागि नयाँ सुरक्षित मार्ग आगामी चैतभित्र सञ्चालन हुने

सगरमाथा आरोहणका लागि नयाँ सुरक्षित मार्ग आगामी चैतभित्र सञ्चालन हुने

November 11, 2025
0
आज अधिकांश स्थानमा मौसम सफा रहने

आज अधिकांश स्थानमा मौसम सफा रहने

November 11, 2025
0
सगरमाथा आवि सिमखर्कका विद्यार्थीलाई ट्रयाकसुट वितरण

सगरमाथा आवि सिमखर्कका विद्यार्थीलाई ट्रयाकसुट वितरण

November 10, 2025
0
Next Post
मोलुङमा जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुले छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमै पढाउनुपर्ने

मोलुङमा जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुले छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमै पढाउनुपर्ने

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

November 11, 2025
सगरमाथा आरोहणका लागि नयाँ सुरक्षित मार्ग आगामी चैतभित्र सञ्चालन हुने

सगरमाथा आरोहणका लागि नयाँ सुरक्षित मार्ग आगामी चैतभित्र सञ्चालन हुने

November 11, 2025
आज अधिकांश स्थानमा मौसम सफा रहने

आज अधिकांश स्थानमा मौसम सफा रहने

November 11, 2025
सगरमाथा आवि सिमखर्कका विद्यार्थीलाई ट्रयाकसुट वितरण

सगरमाथा आवि सिमखर्कका विद्यार्थीलाई ट्रयाकसुट वितरण

November 10, 2025
सोलुखुम्बुमा सकियो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइको समन्वय बैठक

सोलुखुम्बुमा सकियो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइको समन्वय बैठक

November 10, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

सोलुखुम्बुमा २२ हजार ६ सय डोज खोरेत विरुद्धको खोप लगाइने

November 11, 2025
सगरमाथा आरोहणका लागि नयाँ सुरक्षित मार्ग आगामी चैतभित्र सञ्चालन हुने

सगरमाथा आरोहणका लागि नयाँ सुरक्षित मार्ग आगामी चैतभित्र सञ्चालन हुने

November 11, 2025
आज अधिकांश स्थानमा मौसम सफा रहने

आज अधिकांश स्थानमा मौसम सफा रहने

November 11, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly