जेठ १३, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा २ सय बढी सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाइएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०-८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत १० लाख रुपैँया बजेट विनियोजन गरी हाल सम्म २ सय ४० वटा कुकुरहरुको बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाएको पशु विकास शाखाले जनाएको छ ।
गत जेठ २ गतेबाट सुरु भएको शिविर हाल सम्म गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा सम्पन्न भएको छ । भोलि सोमबार नाम्चेमा सन्चालन गरिने पशु विकास शाखाका पशु विकास अधिकृत डा.नगेन्द्र खड्काले जानकारी दिनुभयो । उक्त कार्यक्रम एचएआरटीको प्राविधिक सहयोगमा पालिकाको ५ वटै वडामा संचालन गरिने गाउँपालिकाले जनाएको छ ।
Discussion about this post