चैत्र २७, सोलुखुम्बु । नेचासल्यान — जुन तारा युवा क्लबले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरेको भित्ते पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष राईले क्लबको सामाजिक योगदानको उच्च सम्मान गर्दै युवाहरूको सक्रियतालाई थप व्यवस्थित र प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
साथै युवा नै परिवर्तनका संवाहक हुन् — जुन तारा जस्ता संस्थाहरू गाउँको उज्यालो भविष्यका आधार हुन भन्दै प्रशंसा गर्नुभयो । यस्तै गाउँपालिका उपाध्यक्ष विना राईले क्लबको विविध सामाजिक क्रियाकलापप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि सहकार्यको प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष भिम प्रसाद भट्टराईलेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै उहाँले विगत वर्षको उपलब्धि लाई आतमसाथ गर्दै, आगामी योजनाहरू कार्यन्वयन गर्न सबैको सहयोग रहनेमा आफू विस्वस्त रहेको बताउनु भयो । स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षक, युवाहरू र समुदायका अग्रजहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको सस्थाका संचार विभाग प्रमुख राजिव शर्माले जानकारी दिनुभयो ।
Discussion about this post