चैत्र २७, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा आगलागीको घटना बढेको छ । केहि दिन यता जिल्लाका विभिन्न स्थानहरुमा आगलागीबाट लाखौंको धनमाल जलेर खरानी भएको छ । मंगलबार राति थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ अमरासमा भएको आगलागीले एक घर जलेर खरानीमा परिणत भएको छ ।
स्थानीय जेसस राईको ढुगां, माटो, काठ र टिनको छानो भएको २ तले घरमा जोडिएको भान्सा घरको चुलोबाट अचानक आगो सल्किदा लाखौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । राति एक बजेबाट सुरु भएको आगो स्थानीयहरुले करिब बिहान ६ बजे नियन्त्रण लिएका थिए ।
प्रहरी चौकी मुक्लीबाट प्रहरीको टोली खटिगई क्षतिको विवरण बुझदा घर, भान्सा घर, लत्ताकपडा, भाडावर्तन, कागजपत्र, खाट ६ वटा, टेबल ४ वटा, भिभो र रेडमी कम्पनीको २ वटा मोबाईल, ३ वटा कुखुरा र २ लाख नगद पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले रेडियो एभरेष्टलाई जानकारी दिनुभयो ।
Discussion about this post