चैत्र २७, सोलुखुम्बु । खोटाङको एसेलुखर्क गाउँपालिकाले सरकारसँग विद्यालय शिक्षामा निःशर्त लगानी वृद्धि गरेर शिक्षकका माग पूरा गर्न माग गरेको छ । सङ्घीय राजधानी काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै पालिकाले बुधबार विज्ञप्तिमार्फत् विद्यालय शिक्षामा राज्यको निःशर्त लगानी वृद्धि गरेर शिक्षकका माग पूरा गर्न माग गरेको हो । चैत्र २० गते देखि विद्यालय शिक्षा ऐनको माग गर्दे काठमाडौं केन्द्रित भएर देशभरिका शिक्षक कर्मचारीहरुको अनिश्चितकालिन आन्दोलन जारी छ ।
राज्य संघियतामा गएको लामो समयसम्म पनि विद्यालय शिक्ष ऐन जारी नभएका कारण शिक्षक महासंघ सँग पटकपटक भएका सम्झौताहरु कार्यान्वयन नभएको सर्वविदितै छ । विभिन्न मितिमा भएका विभिन्न सम्झौताहरु कार्यान्वयन नभएका कारण देशभरिका शिक्षक कर्मचारीहरुको काठमाडौं केन्द्रित आन्दोलनका कारण विद्यालय शिक्षामा समग्र गतिविधिहरु शुन्य रहकाले लाखौ विद्यार्थीहरुको भाग्य भविष्य प्रति गम्भीर बन्दै शिक्षकहरुको मागलाई यथाशिघ्र सम्बोधन गर्न वर्तमान सरकारलाई जोडदार माग गरिएको पालिका अध्यक्ष गिरेन्द्र राईले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ ।
“नेपालको संविधान अनसार माध्यमिक तह सम्मको शिक्षा सम्बन्धी अधिकार स्थानीय तहको हुने उल्लेख छ । यस सन्दर्भमा ऐसेलुखर्क गाउँपालिका, खोटाङले विद्याल शिक्षा सुधार र शिक्षक कर्मचरीको हितका लागि विभिन्न प्रयासहरु गरिरहेको भएता पनि पर्याप्त स्रोत र साधनहरुको अभावमा चाहेर पनि विद्यालय शिक्षाको समग्र क्षेत्रहरुमा पर्याप्त सुधार स्थानीय सरकार एक्लैबाट सम्भव भइरहेको छैन् । तसर्थ नेपाल सरकारले तत्कालै विद्यालय शिक्षा ऐन जारी गरी समग्र शिक्षक तथा कर्मचारीहरुका जायज मागहरु पूरा गर्नुपर्नेमा पालिका ऐक्यबद्धता गर्दछ ।” प्रेस विज्ञप्तीमा भनिएको छ ।
Discussion about this post