चैत्र २७, सोलुखुम्बु । उदयपुरको बेलका नगरपालिका–९ बाट लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३८ मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ बस्ने २६ वर्षीय मुस्कान राई र २१ वर्षीय खम्ब बहादुर दाहाल रहेका छन् । इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले रामपुरबाट लालबजारतर्फ जाँदै गरेको को.३९ प ५६४९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
Discussion about this post