चैत्र २७, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका जिल्लाकै दोस्रो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । “स्थानिय स्वमित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्दता” भन्ने मूल नारा सहित बुधबार पालिकालाई जिल्लाकै दोस्रो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । ताप्ली गाउँपालिकाको स्वास्थ्य शाखा र ५ वटै वडाका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविकाहरुको सकृयतामा ५७४ जना बालबालिकालाई पूर्ण रुपमा जन्मे देखी १५ महिना सम्म भित्रमा राष्ट्रिय पूर्ण खोप सुनिश्चितता निर्देशिकाबाट निर्देशित सम्पूर्ण प्रक्रिया पुरा गरि सुनिश्चित गरिएको स्वास्थ्य शाखा प्रमुख राजेश दनुवारले बताउनुभयो ।
यस कार्यक्रम स्वास्थ्य कार्यालय उदयपुरको कोल्डचेन अधिकृत नरेश प्रसाद श्रीवास्तव र सि.अ.हे.व अवध नारायण चौधरीको आतिथ्यता र गाउँपालिका खोप समन्वय समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष ढुङ्गराज बिश्वकर्माको सभाध्यक्षतामा सम्पन्न गरिएको सहकर्मी ठबिन्द्र मगरले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै अवध नारायण चौधरीले बिभिन्न ग्रामिण बस्तिमा भएका आमा तथा बालबच्चाको बस्तुस्थिती साथै घरधुरी सर्वेक्षण, अनुगमनको क्रममा स्वास्थ्यकर्मी, सामूदायिक महिला स्वास्थ स्वयंसेविकाहरुले समूदायस्तरमा राम्रो प्रभाव पारेको भनी प्रसंशा गर्नुभयो ।
यस्तै गाउँपालिका अध्यक्ष बिश्वकर्माले समापनमा बोल्दै सबै स्वास्थ्य संस्थामा रहनु भएको स्वास्थ्यकर्मिहरु अवरात्र रुपमा खटिएर मानव स्वास्थ्यका लागि पुर्याउनु भएको देनको उच्च सम्मन व्यक्त गर्दै महिला स्वास्थ्य स्वयमसेविकाहरुको विभिन्न मागहरुलाई समेत सम्बोधन गर्नुदै यस स्थानिय तहले फरक रुपम नै सम्बोधन गर्दै आएको कुरा व्यक्त गर्नुभएको छ ।
कार्यक्रम ताप्ली गाउँपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा ताप्ली गाउँपालिका उपाध्यक्ष धना माया मगर, जनप्रतिनिधि, राजनितीक दलका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविकाहरु र बिषयगत शाखाका कर्मचारीहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।
Discussion about this post