चैत्र २८, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको पहलमा एक शिक्षकको ज्यान बच्न सफल भएको छ । ट्याक्टरबाट दाउरा झार्ने क्रममा दुर्घटनामा पर्नुभएका वडा नम्बर २ स्थित धामिबारीका शिक्षक सोम प्रसाद घिमिरेको पालिकाको सक्रियताका कारण ज्यान बचेको हो । घाइते घिमिरे हिमगंगा माविका शिक्षक हुनुहुन्छ ।
दुर्घटना भएको जानकारी पाउँना साथ गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको पहलमा जिल्ला प्रशासन कार्यालय मार्फत उद्धार गरी अन्नपूर्ण न्युरो अस्पताल पठाइएको छ । शिक्षक घिमिरेको छाती र टाउकोमा गम्भीर चोट लागेकाले स्थानीय चिकित्सकहरुबाट उपचार सम्भव नरहेकाले नेपाली सेनाको हेलिकपटरबाट उद्धार गरिएको पालिका अध्यक्ष मिना कार्की बस्नेतले बताउनुभयो ।
चौलाखर्क स्वास्थ्य चौकीमा नै अक्सिजन लगाई सामान्य उपचार पछि आज बिहान उद्धार गरिएको उहाँको भनाई छ । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ ।
Discussion about this post