चैत्र २८, सोलुखुम्बु । ओखलढुगांको लिखु गाउँपालिकामा चट्याङ लागेर पाँच जना घाइते भएका छन् । लिखु गाउँपालिका–५ मझुवाका ४६ वर्षका हर्क श्रेष्ठ, केशरी सुनुवार, कृष्णमाया सुनुवार विष्णुमाया सुनुवार र भोजबहादुर सुनुवार चट्याङ लागेर घाइते हुनुभएको हो । उहाँहरूको टाउको हातखुट्टा, घाँटी, ढाँड र कम्मरमा सामान्य चोट लागेको स्थानीय शिव सुनुवारले जानकारी दिनुभयो ।
घाइते सबैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको लिखु गाउँपालिकाका प्रवक्ता तथा वडा नंं.५ का वडाध्यक्ष मोहन कार्कीले बताउनुभयो । चट्याङले सोही गाउँका ५० घरधुरीको विद्युत् मिटर बक्स र वायरिङमा क्षति गरेको छ । क्षतिको एकिन विवरण आउने क्रममा रहेको प्रवक्ता कार्कीले बताउनुभयो । लिखुमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
Discussion about this post