चैत्र २८, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा नि : शुल्क स्वास्थ्य शिविर हुने भएको छ । ब्राइट भिजन फाउन्डेसनको आयोजना तथा गाउँपालिकाको सहकार्यमा आउँदो बैशाख ६ र ७ गते खास्ताप स्वास्थ्य चौकीमा शिविर हुने भएको हो ।
“स्वास्थ्य परिक्षण गरौं, निरोगी र स्वस्थ जिवन बाचौं” भन्ने नाराका साथ शिविर संचालन गरिने ब्राइट भिजन फाउन्डेसनका अध्यक्ष गेल्बु शेर्पाले बताउनुभयो । ग्रामिण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरी आर्थिक विपन्न नागरिकहरुलाई केही राहत पुर्याउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको उहाँको भनार्ई छ । उक्त शिविरमा आँखाका बिरामीहरुका निम्ति औषधि लगायत डाक्टरको सल्लाह बमोजिम चस्मा पनि उपलब्ध हुनेछ । महिला तथा गाइनो सम्बन्धि समस्य जेनेरल सम्पूर्ण उपचार हुने भएकाले अवसरको सदुपयोग गर्न आग्रह गरिएको छ ।
Discussion about this post