चैत्र २८, सोलुखुम्बु । उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका वडा नम्बर २ ताम्लिछाका ४५ परिवारको नि ःशुल्क स्वास्थ्य बिमा गरिएको छ । वडाको आर्थिक बर्ष २०८१/०८२ को वडा सभाबाट पारित वडा अध्यक्ष दलित तथा अपाङ्गता कार्यक्रम अन्तर्गत बिनियोजित २ लाख बजेट मार्फत वडा भित्रका ४५ परिवारको स्वास्थ्य बिमा गरिएको हो ।
दलित तथा अपाङ्गता भएका ब्यक्तिहरको नि शुल्क स्वास्थ्य सेवामा पहुच पुर्याउने उद्देश्यका साथ बिमा कार्यक्रम राखिएको र बिमा कार्यक्रमले दलित तथा अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य उपचार सेवामा थप टेवा पुगेको वडा अध्यक्ष जितेन राईले बताउनुभयो । आर्थिक हिसाबले बिपन्न तथा लक्षित बर्ग समुदाय र बिशेश हेरचाहको आबश्यक्ता परेका ब्यतिहरुलाई राज्यबाट दिईने सेवा सुबिधामा जोडिन स्थानीय सरकारले अहम भुमिका खेल्नु पर्ने र स्वास्थ्य उपचारबाट कोहि पनि बन्चित हुन नहुने र सबैलाई स्वास्थ्य सेवाको पहुचमा पुर्याउनु हामी सबैको दायित्व रहेको बिषयमा स्वास्थ्य शाखा प्रमुख कर्ण शेर राईले जोड दिनुभयो ।
साथै अन्य वडा तथा स्थानिय तहले पनि यस्तै कार्यक्रम बनाई स्वास्थ्य उपचार सेवामा जोडिने बाताबरण बनाउने कुरामा आफु प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम थप प्रभाकारी बन्दै गएको र २ नम्बर वडा कार्यलयको वडा अध्यक्ष दलित तथा अपाङ्गता ब्यक्ती र परिवार को स्वास्थ्य बिमा कार्यक्रमले १ परिवार बराबर ५ सदस्यको ३ हजार ५ सयको बिमा गरिएको बालमैत्री स्थानीय शासन फोकल पर्सन मिलन परियारले जानकारी दिनुभयो ।
उक्त बिमाले बार्षिक १ लाख सम्मको स्वास्थ्य उपचार सेवा पाउने बिमा दर्ता सहयोगी झनक घिमिरेले जानकारी दिनुभयो । बिमा कार्यक्रम चैत्र २६ र २७ वडा कार्यलय ताम्लिछामा सन्चालन गरिएको थियो । कार्यक्रम २ नम्बर वडा अध्यक्ष जितेन राई को अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख कर्णशेर राईको प्रमुख आतिथ्यमा सम्पन भएको छ ।
Discussion about this post