चैत्र २९, सोलुखुम्बु । सुनको भाउले आज फेरि कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार नौ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ । आज सुन तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८१ हजार एक सय रुपैयाँ रहेको थियो ।
सुनको भाउ अस्तिदेखि फेरि लगातार बढ्न थालेको छ । यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय रुपैयाँ रहेको थियो ।
Discussion about this post