चैत्र २९, सोलुखुम्बु । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समिति यो वर्षको उत्कृष्ट घोषित भएको छ । महासङ्घको ५९ औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र राउतलाई सातै प्रदेशमध्ये उत्कृष्ट घोषित गरिएको छ ।
उद्योग वाणिज्य महासङ्घ अन्तर्गत रहेका सातै प्रदेश सङ्घहरूमध्ये कोशी प्रदेश उद्योग वाणिज्य सङ्घलाई उत्कृष्ट भएको हो । अध्यक्ष राजेन्द्र राउतले सम्मानले आफूहरूलाई गौरवान्वित बनाउनुका साथै थप जिम्मेवार बनाएको प्रतिक्रिया दिनुभयो । अध्यक्ष राउतको नेतृत्वमा रहेको सङ्घले मोरङको टङ्कीमा आफ्नै सुविधा सम्पन्न भवन बन्दैछ ।
राउत विराटनगरका एक अग्रणी उद्योगी समेत हुनुहुन्छ । समाजसेवी र प्रभावशाली व्यक्तित्वको रूपमा परिचित उद्योगी राउतको नेतृत्वले उद्योग वाणिज्य सङ्घ अझ बलियो भएको छ । यो सम्मान कोशी प्रदेश सङ्घको समर्पित टिमको कठिन परिश्रम र लगनशीलताको प्रतिफल हो। अध्यक्ष राउतको नेतृत्वमा सङ्घले दूरदर्शी र व्यावसायिक दृष्टिकोणका साथ काम गर्दै आएको छ, जसको सकारात्मक परिणामस्वरूप यो प्रतिष्ठित सम्मान प्राप्त भएको हो ।
Discussion about this post