चैत्र २९, सोलुखुम्बु । जिल्ला कारागार सोलुखुम्बुका कैदीबन्दीमा ठेउलाको संक्रमण देखिएको छ । कारागारमा २८ जना कैदीबन्दीमा ठेउला संक्रमण भएपछि उपचार गरिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल फाप्लुका चिकित्सकको टोलीले संक्रमित कैदीबन्दीको चेकजाँच गरेर मलम र सिटामोल उपलब्ध गराएको जनाइएको छ । कैदीबन्दीलाई ठेउला संक्रमण भएको र मेडिकल टिमले जम्मा २८ जनाको चेकजाँच गरेर उपचार गरिएको प्रजिअ घिमिरेले बताउनुभयो ।
सुरूमा ४ जनालाई संक्रमण भएर फैलिएको पाइएको छ। कैदीबन्दीको जिउमा खटिरा देखिन थालेपछि उपचारका क्रममा चिकित्सक टोली ठेउला भएको पुष्टि गरेको हो । कारागारमा कैदीबन्दीको स्वास्थोपचारमा खटिएका अहेबलाई पनि ठेउलाबाट संक्रमण भएपछि चिकित्सक टोली परिचालन गरिएको प्रजिअ घिमिरेको भनाई छ ।
Discussion about this post