चैत्र ३०, सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोलुखुम्बुले जेष्ठ मसान्तसम्म जिल्लाको सबै पालिकामा सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समिती सोलुखुम्बुका अध्यक्ष नाम्गेल शेर्पाको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो ।
केन्द्रीय उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले नेचासल्यानको पालिकामा सम्पन्न भइसकेको र बाकीँ पालिकाको क्रमशः गर्दै जेठ मसान्तसम्ममा सक्ने निर्णय गरेको छ ।
प्रशिक्षण सहितको बैठकमा पालिका कमिटीबाट रिपोर्टिङ राखेका थिए भने अतिथी बक्ताले प्रशिक्षणात्मक भनाई राख्नुभएको थियो ।
Discussion about this post