चैत्र ३०, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा नि ः शल्क दन्त शिविर संचालन हुने भएको छ । सोलुखुम्बु डेन्टल क्लिनिक र गाउँपालिकाको आयोजनामा आउँदो बैशाख ६ र ७ गते उक्त शिविर संचालन गर्ने भएको हो ।
प्राथमिक अस्पताल खास्तापमा दक्ष अनुभवी तथा विशेषज्ञ दन्त चिकित्सक तथा दन्त स्वास्थ्यकर्मीद्धारा सेवा प्रदान गरिने डेण्टल क्लिनिकका संचालक के.बि घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरमा दाँत निकाल्ने, दाँत भर्ने र दाँत सफा गर्ने लगायतका सेवाहरु प्रदान गरिने भएको छ । उक्त शिबिर सञ्चालन गरी आर्थिक विपन्न नागरिकहरुलाई केही राहत पुर्याउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
Discussion about this post