चैत्र ३०, सोलुखुम्बु । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित पर्यटकीय मैस्याङडाँडामा रहेको सुम्निमा र पारुहाङको प्रतिमा तोडफोड भएको छ । शुक्रबार राति अज्ञात समूहले प्रतिमा तोडफोड गरेको हो ।
प्रतिमा आर्थिक वर्ष २०७८/७९ मा निर्माण गरिएको थियो । प्रदेश र स्थानीय सरकारको करिब ४५ लाख बजेटमा पर्यटन प्रवद्र्धनको पनि काम भइरहेको वडाध्यक्ष मिलन राईले जानकारी दिनुभयो ।
प्रतिमा तोडफोड भएपछि प्रहरी प्रशासनलाई जानकारी गराएर दोषीको खोजी भइरहेको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । राति प्रतिमा तोडफोड भएपछि सीडीओ र प्रहरीलाई जानकारी गराइएको छ ।
Discussion about this post