चैत्र ३१, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर १ रुङगाका सम्भव राउत क्षेत्रीले ‘मोडल टुरिजम एम्बेष्टर वल्र्ड–२०२५’ को टाइटल उपाधि प्राप्त गर्नुभएको छ । प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्दै राउतले १७ देखि १९ वर्षको उमेर भित्र समूह इ बाट ‘मोडल टुरिजम एम्बेष्टर वल्र्ड–२०२५’ को टाइटल उपाधि हात पारेसँगै राउतले एकै पटक अन्तर्राष्ट्रिय स्तरको ३ उपाधि हात पारेको आयोजक फेसन एराले जनाएको छ ।
प्रतियोगितामा नेपालबाट सहभागी भएका उमेर समूहका प्रतियोगीमध्ये पनि राउत नै विजेता बन्नुभएको छ । त्यस्तै, बिलिजी रनवेमा समेत उहाँ विजेता बन्नुभएको छ । ४ वर्ष देखि ५० वर्ष माथिका उमेर समूहका व्यक्तिको सहभागिता रहने कार्यक्रममा किड्स, टिन र एडल्ट गरी ९ समूहमा प्रतिस्पर्धा गराइएको आयोजकले जनाएको छ ।
Discussion about this post