चैत्र ३१, सोलुखुम्बु । ओखलढुगांको सिद्धिचरण नगरपालिका वडा नम्बर २ ठुलाछापका विपन्नलाई निःशुल्क विद्युत मिटर बस्क वितरण गरिएको छ । वडा कार्यालयले दलित विपन्न १७ घरपरिवालाई निःशुल्क विद्युत मिटर वितरण गरेको हो ।
छरछिमेक तथा आफन्तको घरबाट विद्युत बालिरहेका बडाबासीहरुलाई निःशुल्क मिटर प्रदान गरिएको वडा अध्यक्ष बसन्त कटवालले बताउनुभयो । वडाको वार्षिक स्वीकृत कार्यक्रमबाट दलित विपन्नलाई विद्युत मिटर वितरण गर्नका लागि विनियोजन गरिएको ५० हजार रुपियाँबाट विद्युत मिटर वितरण गरिएको अध्यक्ष कटवालको भनाई छ ।
वडामा रहेका विपन्न वर्गहरूले मिटर खरिद गर्न समेत लागत नहुँदा वडाले वर्षेनी मिटर प्रदान गर्ने गरेको साथै हाल सम्म साढे ८ सय घरधुरी रहेका मध्ये विद्युत पहुँचमा ६ सय घरधुरी रहेको उललेख गर्नुभयो । वडाले गत वर्ष ३० घरधुरीलाई मिटर निशुल्क प्रदान गरिएको यस वर्ष १७ परिवालाई वितरण गरेको र बाकी रहेका अन्य घरधुरीलाई क्रमसः अर्को वर्ष वितरण गरिने भएको छ ।
Discussion about this post