चैत्र ३०, सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आईपुगेका नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले स्वागत गरेको छ ।
आज (आईतबार) प्रहरी सहायक निरीक्षक शेर्पा सहित आरोहण दलका सदस्यहरुलाई तेन्जिङ हिलारी विमानस्थल लुक्लामा स्वागत गरिएको छ । सो अवसरमा प्रदेश तथा जिल्ला प्रहरीले आरोहणमा हिड्नु भएकी प्रहरी सहायक निरीक्षक शेर्पालाई यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गरिएको छ ।
Discussion about this post