Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

‘देम्बा गल्फ महोत्सव २०८२’ को तयारी पूरा

Radio Everest by Radio Everest
April 13, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ३१, सोलुखुम्बु । ग्रामीण पर्यटन प्रवद्र्धनका लागि ओखलढुङ्गाको सबैभन्दा अग्लो थोलेदेम्बा डाँडामा हुने गल्फ महोत्सवको तयारी पूरा भएको छ । नेपालका सात अग्ला डाँडा मध्येको एक ३३५० मिटर उचाईमा रहेको जिल्लाकै अग्लो देम्बाडाँडामा पर्यटन विकास गर्ने उद्देश्यले राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीले भाग लिनेगरी आयोजना गरिएको गल्फ महोत्सवको तयारी पूरा भएको हो । पर्यटन प्रवद्र्धन, आर्थिक समृद्धि र सुशासनका लागि खेलकुद भन्ने मुल नाराका साथ नयाँ वर्षको अवसरमा भोली अर्थात वैशाख १ र २ गते गल्फ महोत्सव आयोजना गरिदै छ ।

महोत्सवमा विभिन्न छ देशका खेलाडी सहभागी हुनेछन् भने खेलाडीहरु पालिका आईपुगिसकेको खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । नेपाल सरकारले सूचिकृत गरेको १०० गन्तव्य मध्येको एक देम्बाडाँडा र समग्र जिल्लाकै पर्यटन विकाससँग जोडेर खिजीदेम्बा गाउँपालिकाले महोत्सव आयोजना गरिएको अध्यक्ष शेर्पाको भनाई छ । गल्फ प्रतियोगितामा अमेरिका, बेलायत, क्यानाडा, कोरिया र भुटान लगायतका ६ देशका र नेपालका विभिन्न जिल्लाबाट खेलाडी सहभागी हुनेछन् ।

पालिकाको समग्र विकासका लागि विभिन्न सम्भावना खोजी गर्दा पर्यटन क्षेत्रबाट गाउँपालिका सँगै जिल्ला र देशलाई नै आर्थिक रुपमा सहयोग पुग्ने भएकाले गल्फका लागि पूर्वाधार विकास गरेर प्रतियोगिता सहितको महोत्सव आयोजना गरिएको जनाईएको छ । हरेक नयाँ वर्षको अवसरमा देम्बाडाँडामा गल्फ महोत्सव गर्ने नीतिगत निर्णय गरेको खिजीदेम्बाले महोत्सवका लागि यसवर्ष १० लाख बजेट विनियोजन गरेको छ । पालिकाले केही समय अघि गल्फ प्रतियोगिता सञ्चालनका लागि विज्ञद्धारा सम्भाव्यता अध्ययन गरेको थियो ।

खिजीदेम्बा गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि १ महिनाअघि ३ दिने जातिय पहिचान सहितको सास्कृतिक महोत्सव सञ्चालन गरिएको थियो । विभिन्न चार वटा पर्यटन रुट निर्माण, ट्रेक एण्ड गल्फ अवधारणा, अल्ट्रा रेस म्याराथन, साइक्लिङ प्रतियोगिता आयोजना र रक क्लाइम्बिङको समेत पूर्वाधार विकास गरिएको छ । साहसिक खेलका लागि पूर्वाधार विकासपछि प्रतियोगिताहरु आयोजना गर्ने र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना रहेको अध्यक्ष शेर्पाले बताउनुभयो । २०७४ वैशाख १ गते तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा सोही स्थानमा प्रथम थोलेदेम्बा महोत्सव आयोजना गरिएको थियो । नेपालको नक्साङ्कन गर्दा तत्कालिन समयमा देम्बाडाँडासहित नेपालका ७ अग्ला डाँडालाई केन्द्र बनाइएको थियो ।

Previous Post

शिक्षकहरूको जायज माग पुरा गर्न लिखुपिकेले गर्याे यस्तो आग्रह

Next Post

लिम्चुङबुङको जाँतेमा भलिबल प्रतियोगिता : महिला, पुरुष दुवै तर्फ साबिक आठ हिम्मा विजयी

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly