चैत्र ३१, सोलुखुम्बु । दुर्घटनामा परी घाइते भएका सोलुखुम्बुको लिखुपिके गाउँपालिका २ स्थित धामिबारीका शिक्षक सोम प्रसाद घिमिरेको उपचारको क्रममा सोमबार निधन भएको छ । चैत्र २६ गते ट्याक्टरबाट दाउरा झार्ने क्रममा दुर्घटनामा पर्नुभएका घिमिरेको काठमाडौं स्थित अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।
दुर्घटनामा परि गम्भीर घाईते भएका घिमिरेको उपचारका लागि गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको पहलमा जिल्ला प्रशासन कार्यालय मार्फत उद्धार गरी अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो । शोक सन्तप्त परिवारजनप्रति पालिका र हिमगंगा मा.वि. परिवारले गहिरो समवेदना प्रकट गरेका छन् ।
Discussion about this post