Tuesday, February 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले लिए आरोहण अनुमति

Radio Everest by Radio Everest
April 14, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १, सोलुखुम्बु । वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ आरोही समूहका ३८ महिला र एकसय ७८ पुरुष गरी कूल २१४ जनाले अनुमति पाएका हुन् । आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरु धमाधम गन्तव्यतर्फ लागिरहेका छन् ।

विभागले चैतको तेस्रो सातादेखि सगरमाथा आरोहण अनुमति दिन सुरु गरेको थियो । विभागका निर्देशक आरती न्यौपानेका अनुसार सगरमाथा आरोहणका लागि धमाधम आरोही गन्तव्यतर्फ गइरहेका छन् । नेपालसहित ३१ मुलुकका नागरिक सगरमाथा आरोहणका लागि गएका छन् । विभागले हालसम्म सगरमाथासहित विभिन्न १७ हिमाल आरोहणका लागि ‘एक्सपीडिसन पर्मिट’ जारी गरेको छ । पछिल्लो विवरणमा हिमाल आरोहणमार्फत ३६ करोड ५८ लाख १५ हजार २७ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ ।

सगरमाथाबाट मात्रै ३१ करोड ६९ लाख ८६ हजार २८ रकम उठेको छ । हालसम्म विभिन्न हिमाल तथा पिक आरोहण गर्न ५४ आरोही समूहका ९९ महिला र तीनसय ९८ गरी कूल चार सय ९७ जनाले विभागबाट अनुमति लिएका छन् । आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न भएको छ । आइसफलका डाक्टरहरुले खुम्बु आइसफल हुँदै रुट फिक्सिङ पूरा गरेको विभागले जनाएको छ । असाधारण प्रयासका लागि एसपिसिसीका आइसफल डाक्टरलाई विभागले प्रशंसा व्यक्त गरेको छ ।

सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो निर्माणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले खुम्बु आइसफलमा बाटो बनाउने ‘आइसफल डाक्टर’ खटाएको थियो । यो सिजनका लागि १० जनाको टोली खटाइएको एसपिसिसीले जनाएको छ । पर्वतारोहण सञ्चालक सङ्घले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउनेअर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) काम गर्नेछ ।

सङ्घले यो सिजनको सगरमाथा आरोहणका लागि बाटो बनाउने तथा रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपीडिसन कम्पनीलाई दिएको छ । वसन्त ऋतु सगरमाथा सहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशीहरु आउने गरेका छन् ।

Previous Post

सिन्धुलीको दुधौलीमा बेवारिसे शव फेला

Next Post

खोटाङमा रेडपाण्डा तथा थार महोत्सव शुरु

Related Posts

सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

February 23, 2026
0
सोलुमा चुनावको तयारी अन्तिम चरणमा, मतपत्र रुजू गर्ने काम धमाधम 

सोलुमा चुनावको तयारी अन्तिम चरणमा, मतपत्र रुजू गर्ने काम धमाधम 

February 23, 2026
0
जसपा खोटाङ सकियो, काङ्ग्रेसबाट बागी उम्मेद्वार उठेका विष्णुराज समेत श्रम संस्कृतिमा

जसपा खोटाङ सकियो, काङ्ग्रेसबाट बागी उम्मेद्वार उठेका विष्णुराज समेत श्रम संस्कृतिमा

February 23, 2026
0
पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

उदपयुरमा बस दुर्घटना, सवार १५ जना घाइते

February 23, 2026
0
Next Post
खोटाङमा रेडपाण्डा तथा थार महोत्सव शुरु

खोटाङमा रेडपाण्डा तथा थार महोत्सव शुरु

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

February 23, 2026
सोलुमा चुनावको तयारी अन्तिम चरणमा, मतपत्र रुजू गर्ने काम धमाधम 

सोलुमा चुनावको तयारी अन्तिम चरणमा, मतपत्र रुजू गर्ने काम धमाधम 

February 23, 2026
जसपा खोटाङ सकियो, काङ्ग्रेसबाट बागी उम्मेद्वार उठेका विष्णुराज समेत श्रम संस्कृतिमा

जसपा खोटाङ सकियो, काङ्ग्रेसबाट बागी उम्मेद्वार उठेका विष्णुराज समेत श्रम संस्कृतिमा

February 23, 2026
पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

उदपयुरमा बस दुर्घटना, सवार १५ जना घाइते

February 23, 2026
जनप्रतिनिधिलाई चुनावी प्रचारमा सहभागी नहुन आयोगको आग्रह

जनप्रतिनिधिलाई चुनावी प्रचारमा सहभागी नहुन आयोगको आग्रह

February 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

सोलुखुम्बुमा सवारी दुर्घटनाको दर बढेपछि चालकसँग ट्राफिकको अन्तरकृया 

February 23, 2026
सोलुमा चुनावको तयारी अन्तिम चरणमा, मतपत्र रुजू गर्ने काम धमाधम 

सोलुमा चुनावको तयारी अन्तिम चरणमा, मतपत्र रुजू गर्ने काम धमाधम 

February 23, 2026
जसपा खोटाङ सकियो, काङ्ग्रेसबाट बागी उम्मेद्वार उठेका विष्णुराज समेत श्रम संस्कृतिमा

जसपा खोटाङ सकियो, काङ्ग्रेसबाट बागी उम्मेद्वार उठेका विष्णुराज समेत श्रम संस्कृतिमा

February 23, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly