बैशाख ४, सोलुखुम्बु । सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ ले आर्थिक बर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ गरेको छ । बिहिबार वडा कार्यालयले चालु आर्थिक बर्षको हाल सम्म सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो । वडाले आव २०८१/८२ मा ८९ लाख ८५ हजार अनुमानित बजेट ल्याएको थियो । यस्तै वडा कार्यालयले आव २०८१/८२ को हाल सम्म ५ लाख ३ हजार ६ सय ५९ रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।
कार्यक्रममा वडा सचिव खिलनाथ गिरीले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो, भने सहभागीहरूले व्यक्त गर्नुभएका गुनासो तथा सुझावहरू उपर वडा अध्यक्ष सन कुमार तामाङले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण तथा सञ्चालन रेडियो एभरेष्टले गरेको सहकर्मी अशोक राईले जानकारी दिनुभयो ।
Discussion about this post