बैशाख ४, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके स्थित चन्द्र ज्योति माध्यमिक विद्यालयमा ८५ लाख बराबरको समिक्षा हलको उदघाटन गरिएको छ । आज सोलुदुधकुण्ड नगरपालिकाका मेयर नम्गेल जाङबु शेर्पा, लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत र हिमालयन प्रोजेक्ट डेनमाका म्यानेजर कुर्ट लम्बर्गले ८५ लाख ५५ हजार ८ सय १९ रुपैयाँ बराबरको लागतमा निर्माण भएको समिक्षा हलको संयुक्त रुपमा उदघाटन गरिएको हो ।
समिक्षा हलको अभाव देखिएकाले वडा कार्यालयले समेत २४ लाख ७ हजार २ सय २७ लगानी गरेको जनाईएको छ । हिमालयन प्रोजेक्ट नेपाल, हिमालयन प्रोजेक्ट डेन्मार्क र लिखुपिके गाउँपालिका वडा नम्बर ५ को आर्थिक साझेदारीमा समिक्षा हल निर्माण गरिएको हो ।
हलको उदघाटन पश्चात चन्द्र ज्योति माध्यमिक विद्यालयलाई हलको चाबि हस्तान्तरण गरिएको चन्द्र ज्योति मा बि भकान्जेका लेखापाल देबिन बस्नेतले जानकारी दिनुभयो । चाबि हस्तान्तरण गरिएसँगै चन्द्र ज्योति मावि भकान्जेले सहयोगी दातालाई सम्मान पत्रले सम्मान गरेको छ ।
Discussion about this post