जेठ १४, सोलुखुम्बु । नेचासल्यान गाउँपालिका सोलुखुम्बुलाई एक वटा एम्बुलेन्स प्राप्त भएको छ । नेपाली कांग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधि एवम् समाजसेवी प्रकाशसिंह कार्कीको पहलमा दातृ निकाय साउथ एसिया फाउण्डेसन नेपालबाट प्राथमिक स्वास्थ्य केन्द्र नेचासल्यान लाई एम्बुलेन्स प्राप्त भएको हो ।
भारतिय दुताबासको सहयोगमा साउथ एसियन फाउण्डेसन नेपाललाई प्राप्त भएको एम्बुलेन्स आफ्नै जिल्लाको स्वास्थ्य क्षेत्रमा प्रयोग गर्नका लागी आफ्नो विशेष सहजिकरणमा प्राप्त भएको नेता कार्कीको भनाई छ । एम्बुलेन्स दर्ता प्रकृया लगायत अन्य काम सकिएकाले अब चाँडै गाउँपालिका र अस्पतालको स्वामित्वमा रहने गरि हस्तान्तरण गरिने बताउनुभएको छ ।
Discussion about this post