सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं १० टाप्टिङ का कृष्ण कुमार मगरले विश्वको सर्वोच्च शिखर सगरमाथाकाे सफल आरोहण गर्नुभएकाे छ । मगर नेपालको पहिलो अन्तर्राष्ट्रिय माउन्टेन लिडर तथा प्रशिक्षक समेत हुनुहुन्छ । उहाँले यहि जेठ १० गते बिहान ५:४५ बजे मगरको झण्डासहित सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नु भएकाे हाे । “मगरहरूको भाषा, लिपि, संस्कृतिलाई संरक्षण गर्नुपर्छ” भन्ने उद्देश्य सहित मगरको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराएको कृष्ण कुमार मगरले बताउनु भयाे । उहाँ नेपाल मगर संघ गोकर्णेश्वर नगरपालिका समितिको वरिष्ट उपाध्यक्ष समेत हुनुहुन्छ ।
उहाँसगैँ गोर्खा जिल्ला आरूघाट गाउँपालिका वडा नं. ३ का यान बहादुर थापा मगरले पनि सगरमाथाकाे सफल आरोहण गर्नु भएकाे छ ।
दुवै मगर विगत लामो समयदेखि पर्यटन क्षेत्रमा आबद्ध हुनुहुन्छ।
Discussion about this post