बैशाख ६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा वास्थ्य शिविरको पहिलो दिन २ सय बढी नागरिकले सेवा लिएका छन् । ब्राइट भिजन फाउन्डेसनको आयोजना सोलुखुम्बु आँखा उपचार केन्द्र र जिल्ला अस्पताल फाप्लुको समन्वय तथा गाउँपालिकाको सहकार्यमा र सोलु डेन्टल क्लिनीकको आयोजनामा शनिबारबाट सुरु भएको शिविरको पहिलो दिन २ सय ४५ जनाले सेवा लिएका हुन ।
ब्राइट भिजन फाउन्डेसनका अध्यक्ष गेल्बु शेर्पाले विपन्न र स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित नगरवासीलाई विशेषज्ञ चिकित्सकबाट विभिन्न रोगको निःशुल्क सेवा प्रवाह गर्ने उद्देश्यले गरिएको शिविरबाट धेरै लाभान्वित भएको अनुमान गरेको बताउनुभयो । उक्त शिविरमा आँखा रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञसहित जेनेरल स्त्रीरोग विशेषज्ञद्धारा सेवा प्रदान गरिएको उहाँको भनाई छ ।
Discussion about this post