बैशाख ७, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशीमा आयोजित निः शुल्क दन्त शिविरबाट ३ सय बढी नागरिक लाभान्वित भएका छन् । शनिबार र आईतबार दुई दिन आयोजना गरिएको शिविरबाट ३ सय ४१ जना नागरिक लाभान्वित भएको सोलुखुम्बु डेन्टल क्लिनिकका सञ्चालक केबी घिमिरेले जानकारी दिनुभयो ।
जस्मा १ सय १३ जनाको दाँत भरिएको, १ सय ९ जनाको सफा गरिएको, १ सय ५ जनाको निकालिएको र १४ जनाको दाँतको मेडिटेशन गरिएको उहाँको भनाई छ । सोलुखुम्बु डेन्टल क्लिनिकको आयोजना तथा माप्य दुकोशी गाउँपालिकाको सहकार्यमा प्राथमिक अस्पताल खास्तापमा शिविरमा सञ्चालन गरिएको थियो ।
शिविरमा दक्ष अनुभवी तथा विशेषज्ञ दन्त चिकित्सक तथा दन्त स्वास्थ्यकर्मीद्धारा सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।
Discussion about this post